

१ चैत्र/ विराटनगर उपमहानगरपालिका ८ स्थित शिव मन्दीर छेउमा शुक्रवार विहान फेला परेको प्रेशर कुकर बम मध्यान्ह प्रहरीले निष्कृय गरेकोे छ । बेवारिसे अवस्थामा बाटोमा प्रेशरकुकर फेला परेपछि शुक्रवार विहनैदेखि सो क्षेत्र आतंकित बनेको थियो । सुनसरीबाट आएको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्कृय पारेको हो । बम भएको आशंकामा सशस्त्र प्रहरीले निष्कृय गरेको प्रेशर कुकर भित्र केरा पकाउन प्रयोग गरिने कार्वाइड फेला परेको थियो । बम निष्कृय टोलीले सुरक्षाकर्मीलाई झुक्याएर क्षती पुर्याउने उद्देश्यले विद्रोहीहरुले त्यस्तै गर्ने गरेको बताएको छ । कुकर कसले छाडेको भन्ने बारेमा केही खुल्न सकेको छैन ।
| पाठक प्रतिक्रिया | |
|
|