

१ चैत्र/ केही महिना अघि कतारमा सडक दुर्घटनामा परि मृत्यु हुनु भएका खोटाङ मात्तिमका खड्गबहादुर खत्रीको परिवारलाई खोटाङ जागृती सेवा समाज शाखा कतारले एक लाख रुपैया सहयोग गरेको छ । कामको शिलशिलामा दुर्घटनामा परी मृत्य हुनु भएका खत्रीको परिवारलाई समाजले त्यहाा कार्यरत नेपालीहरुसाग चन्दा उठाएर सहयोग गरेको समाजका अध्यक्ष रमेश राई \"गाउाले\" ले जानकारी दिनुभयो । टेलीफोनमा दिइएको जानकारी अनुसार समाजले नगद रकम मृतकका छोरा सञ्जीव कार्कीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक दिक्तेलको खातामा जम्मा गरिदिएको छ । त्यस अवसरमा कतारमा क्रियाशिल पत्रकार, राजनैतिक दल तथा मानव अधिकारकर्मीको उपस्थिती रहेको थियो । कतारमा पछिल्लो छ महिनामा ५ जना खोटाङ्गवासीहरुको विविध कारणवाट मृत्युु भईसकेको बताइएको छ । मृत्यु हुनेहरुमा खत्री सहित विजयखर्कका विष्णुबहादुर कार्की, फाक्टाङ्गका प्रदिप राई, सप्तेश्वर छितापोखरीका टेकबहादुर खड्का, दोर्पाका दलबहादुर परियार रहनुभएको छ । संस्थाले मृतकका परिवारलाई सहयोग गर्दै आएको छ । अहिले पनि मृतकका परिवारलाई सहयोग गर्नका लागि सहयोग संकलन कार्य जारी गाउालेले जानकारी दिनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|