

१ चैत्र/ संघीय लिम्बुवान राज्य परिषदले आव्हान गरेको लिम्वुवान क्षेत्र बन्दका कारण मोरङको पुर्वी क्षेत्रको जनजीवन शुक्रवार प्रभावित बनेको छ । बन्दको कारण इटहरी पूर्वदेखि मोरङको उर्लावारी र मधुमल्लासम्म सवारी साधन सञ्चालन नभएको मोरङ प्रहरीले जनाएको छ । उता बन्दका कारण अहिले सञ्चालन भइरहेको जिल्ला स्तरीय परिक्षामा भने जिल्ला भरि नै कुनै प्रभाव नपरेको शिक्षा कार्यालयले जानकारी दिएको छ । विहान थोरै मात्र सवारी साधन चलेको भए पनि दिउसोबाट विराटनगरमा बन्दले कुनै प्रभाव पारेको छैन । सााझपख भने सुरक्षाकर्मीले स्कर्टिङ गरेर सवारी सधनहरु झापा र पूर्वी मोरङबाट इटहरीसम्म ल्याएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|