

१ चैत्र/ नेपाल पत्रकार महासंघ झापा शाखाको आठौं जिल्ला अधिवेशनले मोहन काजी न्यौपानेको नेतृत्वमा नयाा कार्य समिति चयन गरेको छ । बिहीबार झापाको चन्द्रगढी स्थित महासंघको भवनमा सम्पन्न अविशेनबाट सभापति पदका अर्का उम्मेदवार तारामणी सापकोटालाई १४ मतको अन्तरले हराउादै मोहन काजी विजय हुनु भएको हो । निर्वाचनमा खसेको कुल मत मध्ये काजीलाई उहाालाई ६७ मत प्राप्त भएको थियो । यसैगरी उपसभापति, सचिव, सह-सचिव र कोषाध्यक्षमा विष्णु सुब्बा, गणेश पोखरेल, राजेन्द्र गौतम र कृष्णप्रसाद मिश्र विजयी हुनु भएको छ । उहााहरुले कृष्ण कार्की, उपेन्द्र पोखरेल, चेतन अधिकारी र एकराज गिरीलाई पराजित गर्नुभएको थियो । कोषाध्यक्ष पदका उम्मेदवार एकराज गिरी जिल्ला बाहिर रहनु भएकोले
यसैगरि कार्य समिति सदस्यहरुमा दिपक अधिकारी, पवनकुमार राजबंशी, केशव आचार्य, पारस तिम्सिना, डिकेश लामा र इन्दु पुर्वेली निर्वाचित हुनु भएको छ । ६ जना सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको थियो ।
केन्द्रीय पार्सदको लागि गञ्जबहादुर दाहाल, इन्द्रजित मुखिया, रमेश समदर्शी \\\\\\\'राई\\\\\\\', लिला बराल, दिपीन राई, गोपाल गड्तौला, भिम नेम्वाङ, कृष्ण हुमागााई, माधव विद्रोही, पृथ्वीबहादुर कार्की, भूपेन्द्रराज तिम्सिना, टीकाराम नेती, धम्रेन्द्र मामा \\\\\\\'भट्टराई\\\\\\\', गोपाल गिरी र गोविन्दचन्द्र क्षेत्री विजयी हुनु भएको छ । १५ जना केन्द्रीय पार्सदका लागि २३ जनाले उम्मेदवारी दिएका थिए ।
नवनिर्मित नेपाल पत्रकार महासंघ झापा शाखाको एक तले भवन आठौं जिल्ला अधिवेशनका क्रममा महासंघका केन्द्रीय सभापति विष्णु निस्ठूरीले उद्घाटन गर्नु भएको थियो ।
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले आठौं जिल्ला अधिवेशनका अवसरमा शुभकमना मन्तव्य राख्दै अधिवेशन सफलताको लागि कामना गर्नु भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|