

विराटनगर, १ चैत्र/ संविधानसभा निर्वाचनको मिति नजिकीरहादा मोरङमा राजनीतिक दलहरुले प्रचार अभियानलाई तीव्र बनाएका छन् । शुक्रवार नेकपा माओवादी, नेकपा एमाले र कांग्रेसले मोरङका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन प्रचार अभियान अन्तरगत र्Юयाली, सभा, कार्यकर्ता भेटघाट, भेला र घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । मोरङ क्षेत्र नम्वर ९ का माओवादी उम्मेदवार गोपिबहादुर सार्की अछामीलाई दुलारी गाविस स्थित गछियाका स्थानीयवासीहरुले भव्य स्वागत गरेका छन् । निर्वाचन प्रचारमा जानु भएका अछामीलाई दुलारीको स्थानी बजार गछियामा भेला भएका ६०० बढी स्थानीयवासीहरुले फुलमालाले स्वागत गर्दै घरदैलोमा लगेका थिए । सार्कीलाई विजयको सुभकामना जनताले दिएका थिए । माओवादीले शुक्रवार नौ वटै निर्वाचन क्षेत्रमा घरदैलो, अन्तरक्रिया र भेलाहरु सम्पन्न गरेको बताएको छ । यस्तै नेकपा एमालेले मोरङ क्षेत्र नम्वर ६ मा इलाका निर्वाचन कार्यालय स्थापना गरेको छ । चुनाव प्रचार अभियानलाई अगाडि बढाउन इलाका कार्यालय स्थापना गरीएको एमालेले बताएको छ । क्षेत्र नम्वर ६ का उम्मेदवार महेश रेग्मीले विराटनगर उपमहानगरपालिकाका वडा नम्वर १, २, ४ र १० लाई समेट्ने गरी स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा उहााले सामन्तवादले निम्त्याएको समस्या अन्त्य गर्न इमान्दार र वामपन्थी उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । उता नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्वर ७ मा शुक्रवार वृहत मोटरसाइकल र्Юयाली निकालेको छ । डा.शेखर कोइराला र डा. मिनेन्द्र रिजाल सहभागी र्Юयालीले निर्वाचन क्षेत्रको परिक्रमा गरेको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|