

मलेसियाको पेतालिङ जायास्थित साइतो कलेजमा अध्यानरत पर्वत हुवार १ का मिलन सेनको राहदानी नेपाली दुतावासले रद्द गरेकोमा मलेसिया स्थित नेपाली विद्यर्थीहरु आर्कोसित बनेका छन् । सेन करिब २ बर्ष अघि देखि साईतो कलेजमा अध्यानरत थिए । आफ्नो राहदानीमा भिषा अवधी सकिन लागेकोले भिषा थप गर्न उनले कलेजमा आफ्नो राहदानी बुझाएका तर केहि दिन कलेज अनुपस्थिती भएको कारण कलेजबाट सेनलाई सम्पर्क गरेको तर सम्पर्कमा नआएको कारण देखाउदै कलेजले राहदानी दुतावासमा बुझाएको थियो । दुतावासबाट मिलन सेनलाई कुनै जानकारी नदिई राहदानी रद्द गरेपछि उनी बिचल्लीमा परेका छन् । दुतावासले सेनलाई नयां राहदानी नदिएमा उनको भभिष्य नै अन्धाकारमय रहने छ, उच्च शिक्षा र सुनौलो भविष्यको लागि लाखौं खर्च गरेर अध्यानरत विद्यार्थीहरुको भविष्यमै प्रश्न चिन्ह खडा भएकोछ । सेनको कुरालाई लिएर विद्यार्थीहरुको एक टोली दुतावास पुगेको र माहामहिम ऋषि अधिकारी संग भेटगरि समस्या अवगत गराएका थिए । राहदानी के कति कारणले रद्द गरिएको हो आफूलाई थाहा नभएको यस कुरालाई आफूले बुझि कारवाही अगाडि बढाउने कुरा बिद्यार्थीहरुलाई माहामहिमले बताउनु भएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|