

१७ मार्च सोमबार देखि मलेसियामा अबैधानिक रुपमा बसोबास गर्दै आएका नेपाली मजदुरहरुलाई Cryst Aline Travel & Tours Sdn/Bhd ले मलेसिया सरकारबाट स्विकृत लिई बैधानिक रुपमा स्वदेश र्फकन चाहाने प्रवासीहरुलाई सुलभ तरिकाबाट नेपाल फर्काउने भएकोछ । मलेसियामा अबैधानिक रुपमा बसोबास गर्ने नेपालीहरुको संख्या एकिन नभएता पनि यस अवसरबाट लगभग ३० हजार नेपाली मजदुरहरुले फाईदा लिने कुरा टाभल्सका जनरल मेनेजर बाबुराज थापाले बताउनु भएकोछ । मलेसियास्थित नेपाली दुतावास समक्ष पनि कुरा भएको र घर र्फकन चाहानेहरको लागि सुलभ तरिकाले अनुमति पत्र प्रदान गर्ने कुरा दुतावासले बताएका कुरा थापा बताउनु हुन्छ । मलेसियाबाट नेपाल र्फकन जम्मा आर.एम. १५०० मात्र लाग्ने कुरा पनि हामीलाई बताउनु भयो ।
| पाठक प्रतिक्रिया | |
|
|