

कोरिया जानका लागि यही चैत १६ गते हुने भनिएको भाषा परिक्षा दिन फारम भर्नका लागि राजधानीको दशरथ रंगशालामा हजारौ युवाको भिड लागेको छ ।
भाषा परिक्षाका लागि फारम ९ बजे खुले पनि युवाहरुको ठुलो भिड शुक्रबार साँझबाटै लाइन बसेको बताइएको छ। यो पटक फारम भरेर परिक्षा दिएकामध्ये ६ हजारले मात्र कोरिया जान पाउने भएका कारण पनि युवाहरु बढी हतारिएको बताइएको छ।
परिक्षाका लागि आगामी ६ गतेसम्म निवेदन दिन सकिने श्रम तथा रोजगार प्रवर्द्धन विभागले जनाएको छ। अहिले निवेदन परेकाहरुमध्ये भाषा परिक्षाबाट ६ हजार जना छानिने र स्वास्थ्य परिक्षा उत्तीर्ण गरेपछि कामको प्रकृतिअनुसार नेपाली कामदार दक्षिण कोरिया जान पाउनेछन् ।
| पाठक प्रतिक्रिया | |
|
|