

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हिंसा र बलका आधारमा नभई विचार र तर्ककाका आधारमा जनतामा प्रभाव जमाउन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ।
चुनावी अभियानका क्रममा विभिन्न जिल्ला पुगेका अन्य दलका उम्मेदवार र कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको आरोप लागिरहेका बेला अध्यक्ष प्रचण्डले शनिबार आफ्ना कार्यकर्तालाई सो निर्देशन दिनुभएको हो ।
चुनावी प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पूग्नु भएका प्रचण्डले शनिबार सदरमुकाम लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुरानो विचार भएका अन्य दलले संविधानसभालाई सम्पादन गर्न नसक्ने ठोकुवासमेत गर्नुभयो ।
आफूहरु नयाँ विचार र नयाँ नेतृत्व लिएर चुनावी मैदानमा उत्रिएको बताउँदै अध्यक्ष प्रचण्डले अन्य दलहरु भने अझै पनि पुरानै विचारमा अल्झेको बताउनुभयो । उहाँले नेकपा एमालेले अमेरिकालाई खुसी पार्न आफूसँग तालमेल नगरेको बताउनुभयो ।
संविधानसभा निर्वाचन शान्तिको युद्ध भएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले एमालेका कारण बाम तालमेल सम्भव नभएको बताउनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|