

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रलाई संस्थागत गर्न सात दलबीचको एकता आगामी दश वर्षसम्म कायम रहनुपर्ने बताउनुभएको छ। आफ्नो निवास बालुवाटारमा शनिबार कलाकारहरुसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचनपछि पनि संयुक्त सरकार बन्नुपर्ने बताउनुभयो ।
निर्वाचनमा दलहरुले हार र जितलाई भन्दा पनि प्रजातन्त्रको संस्थागत विकासलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
निवर्ाचनका लागि सम्पूर्ण तयारी भइसके पनि राजनीतिक दलहरुको स्वच्छ प्रतिस्पर्धाबिना वातावरण नबन्ने बताउँदै प्रधानमन्त्री कोइरालाले यसका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
संविधानसभाको निर्वाचनले नै मुलुकमा स्थायित्व र विकास ल्याउने उल्लेख गर्दै कोइरालाले त्यसप्रति सक्रिय हुन कलाकारहरुलाई पनि आग्रह गर्नुभयो ।
कांग्रेस भातृ संगठन नेपाल साँस्कृतिक संघले आयोजना गरेको सो कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारहरुको सहभागिता रहेको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|