

नवलपरासी क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार डा. शसांक कोइरालाले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीले जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका छन् ।
नेत्र विशेषज्ञसमेत रहेका डा. कोइरालाले गैंडाकोट ४ स्थित सहज स्वास्थ्य सहकारी संस्थाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा आफ्नै टोली खटाएर निर्वाचनमा जनतालाई प्रभावित गर्न खोजेको आरोप लगाउँदै एमालेका छत्रराज पौडेल र माओवादीका बलराम चालिसेले कोइरालाविरुद्ध उजुरी दिएका हुन् ।
उजुरीबारे बैठक भइरहेको र छानविन गरिने निर्वाचन क्ष्ाेत्र नम्बर एकका निर्वाचन अधिकृत राजु खतिवडाले बताउनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|