

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठुला दलहरुले जिल्ला विकास समितिको निर्वाचनजस्तो विकास निर्माणका कुरा गरेर जनतामा भ्रममा राख्न खोजेको टिप्पणी गर्नुभएको छ।
उहाँले प्रमुख दलहरु मत बटुलेर सरकार निर्माण गर्ने शैलीमा संविधानसभा निर्वाचनको प्रचारमा लागेको आरोप लगाउनुभयो । शनिबार काभ्रेको बनेपामा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै विजुक्छेले अबको संविधानसभाले संघीय राज्य र मुलुकको शासन प्रणालीको निर्णय गर्ने बताउनुभयो ।
आफूहरु अधिकार सम्पन्न राष्ट्रपतिको पक्षमा रहेको विजुक्छेले बताउनुभयो । उहाँले पार्टीको घोषणापत्र आइतबार सार्वजनिक गर्ने जानकारीसमेत दिनुभयो । जातजाति र भाषाभाषीको आधारमा मुलुकलाई विभाजन गर्न नहुने उहाँको विचार थियो ।
| पाठक प्रतिक्रिया | |
|
|