

३ चैत्र/ वेपत्ता युवाको रिहाई र खोजीको माग गर्दै विराटनगर रानीका स्थानीयवासीले विराटनगर भन्सारका तीनै वटा गेट बन्द गरेका छन् । विराटनगर मिल्स एरियाबाट केही दिन अगाडि अपहरणमा परेका स्थानीय सन्तोष कार्कीका परिवार र छिमेकीहरुले आइतवार विहानदेखि भन्सार नाका बन्द गराएका हुन् । बिहान ८ बजेबाट जोगवनीका १, २ र ३ नम्वर ढाट बन्द गरेर नेपाल भारतको आवागमन ठप्प पारेका हुन् । अपहरणमा परेका व्यक्तिको खोजी गर्न सरकारले कुनै पहल नगरेको आरोप उनीह/
कार्कीलाई फाल्गुन १७ गते अज्ञात समुहले अपहरण गरी बेपत्ता बनाएका छ । कार्कीलाई अपहरणमुक्त गराउन र दोषीलाई कारवाहीको माग गर्दै उनका आफन्तहरुले विहानैदेखि सिमा क्षेत्रमा धर्ना दिएका छन् ।
भन्सार गेट बन्द र धर्नाका कारण भारतबाट आइतवार दिनभर एउटै सवारी साधन नेपाल भित्रन सकेन । पैदल यात्रु वाहेक अरु नेपाल बाट पनि भारतीय बजार जोगवनी जान नसकेको प्रहरीले बताएको छ ।
कार्कीको अपहरण र खोजीको माग गर्दै सो क्षेत्रमा केही दिन अगाडि पनि भन्सार नाका बन्द गरिएको थियो । प्रशासनसँगको छलफल र सहमति पर्छ बेपत्ता यवकको खोजीमा तत्परता देखाउने सहमति भएर बन्द खुलाईएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|