

३ चैत्र/ विराटनगर पिपलचोकबाट शुक्रवार साँझ अपहरणमा पर्नु भएका मोरङ क्षेत्र नम्वर ३ का उम्मेदवार हरीकुमार बस्नेत आइतवार विहान मुक्त हुनु भएको छ । वस्नेतलाई अपहरणकारीले शकुसल विराटनगर ५ बरगाछी पश्चिम पट्टकिो जामुनगाछि छेउ स्थित नहरमा विहान ५ बजे ल्याएर छोडिएको प्रहरीले बताएको छ । वस्नेत नेपाल राष्ट्रिय विकास पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्वर तीनका उम्मेदवार हुनुहुन्छ । उहाँको अपहरणको जिम्मा नेपाल डिफेन्स आर्मीले लिएको थियो । डिफेन्स आर्मीका पुर्वी कमाण्ड इन्चार्ज आरके निरौलाले ठुलो माछो भनेर समाते पनि सानो फेला परेकोले मुक्त गरेको सञ्चारकर्मीहरुलाई बताएका छन् । निरौला केही महिना पहिले माओवादी केन्द्रीय कार्यालय काठमाण्डौमा बम प्रहार गरेको आरोपमा पक्राउ परी कारावासबाट छुटे लगतै उनले मोरङ आएर गतिविधि सु/
| पाठक प्रतिक्रिया | |
|
|