

२ चैत्र/ विराटनगर ६ शान्ति चोकका स्थानीयवासीहरुले विारटनगर भृकुटी चोकमा रहेको सप्तकोशी नर्सिङ होममा आइतवार विहान तोडफोड र आगजनी गरेका छन् । मानवीय सेवामा सहयोग नगरेको आरोप लगाउँदै उनीहरुले नर्सीङ होममा तोडफोड र आगजनी गरेका हुन् । घटनामा हजारौं मूल्य वरावरको क्षति भएको अस्पतालले जनाएको छ । शान्ति चोक निवासी भैरव पराजूलीको १२ बषिर्या छोरी पविना पराजुलीको घरकै गेटमा हात चेपिएर निकाल्न नसकेपछि सहयोग माग्दै छेउकै अस्पताल पुगेका छिमेकीहरुलाई अस्पतालले सहयोग नगरेको भन्दै आक्रोशित गाउँलेहरुले अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडबाट नर्सिङ होमको काउन्टरमा क्षती पुगेको छ । आक्रोशित जनताको समुहले अस्पतालको वेड र फर्निचर वाहिर निकालेर आगो लगाइदिएका थिए । अस्पतालमा तोडफोड र आगजनी पछि उपचार गराइरहेका विरामीहरु सबै अत्तालिदै भागेको प्रत्यक्षदर्शी निरादेवी कोइरालाले बताउनु भयो । घटना पछि अस्पतालमा उपचार गराइरहेका एउटै विरामी नफर्केको नर्सिङ होमले बताएको छ । सो नर्सिङ होममा शनिवार पनि झगडा हुँदा एक व्यक्ति घाइते भएका थिए । घाइतेको सोही नर्सिङ होममा उपचार गराएको भन्दै झगडाका एउटा पक्षले समेत तोडफोड प्रयास गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|