

चैत्र ३, २०६४ हालै यूएईको भ्रमणमा रहनु भएका नेपाल पत्रकार महासंघका उपसभापति शिव गाउंले र यूएईकालागि महामहिम राजदूत अर्जुन बहादुर थापाको उपस्थितिमा नेपाल पत्रकार महासंघ सम्पर्क शाखा यूएईको प्रथम बाषिर्कोत्वको अवसरमा तनहूंको पहिलो अनलाईन वेभ पत्रिका तनहूं अनलाईन डटकमको यूएईको दुवईमा भव्य कार्यक्रमका साथ समुद्धघाटन सम्पन्न भयो । नेपाल अधिराज्यको मध्येभागमा अवस्थित तनहूं जिल्लालाई धार्मिक, सांस्कतिक, पर्यटकीय तथा ब्यापारिक संगमस्थलको रुपमा लिन सकिन्छ । तनहूं जिल्लाका यिनै धरोहरहरुको प्रचार प्रसार तथा बिकासको लागि बिश्वभरीका नेपालीहरुलाई जानकारी गराई जिल्लाको बिकास गर्ने उद्धेश्यका साथ तनहूं अनलाईन डटकम अनलाईन वेव पत्रिका संचालन गरिएको छ । रोजगार, व्यापार तथा अध्ययनका लागि बिश्वमा छरिएर रहेका तनहूंवासीहरुलाई एक आपसमा भातृत्वको भावनाको बिकास गरी तनहूं जिल्लाको बिकासको लागि प्रेरित गर्नुको निमित्त जिल्लाका स्थानिय गतिविधी, प्रवासका गतिबिधी तथा तनहूं सम्बन्धी जानकारीमूलक लेख तथा रचना साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय गतिविधी, साहित्य तथा मनोरञ्जनसमेत तनहूं अनलाईन वेभ पत्रिकामा समावेश गरिनेछ । तनहंूको पहिलो अनलाईन वेभ पत्रिकाले नेपाल र नेपाल बाहिर रहेका तनहूंवासी नेपाली लगायत सम्पूर्ण नेपालीहरुको साझा चौतारीकोरुपमा कार्य गर्नेछ र तनहूंअनलाईन पत्रिकाको सम्पूर्ण कार्य नसकिएको हुंदा अहिले परीक्षणकोरुपमा मात्र रहेको र केही दिन भित्रै पूर्णरुपमा आउने कुरा समेत उक्त कार्यक्रममा जानकारी गराइएको थियो । तनहूं अनलाईन तनहूंको दमौली, काठमाण्डौ र यूएईवाट सयुंक्तरुपमा संचालन गरिने र निकट भबिष्यमा नेपालका अन्य शहर र अन्य मुलुकवाट पनि एकैसाथ प्रकाशन गरिनेछ । तनहूं अनलाईनलाई विश्वभरी छरिएर रहेका तनहूंबासी तथा सम्पूर्ण बुद्धिजीबी, पत्रकार, ब्यापारी, साहित्यकार तथा अन्य शुभचिन्तकहरुलाई सहयोग गरी दिनुहुन समेत उक्त कार्यक्रममा अपील गरिएको थियो । उक्त कार्यक्रम तनहूं अनलाईन डट कम का बालचन्द्र पोख्रेलले सञ्चालन गर्नुभएको थियो भने तनहूं अनलाईको बारेमा हरी खड्काले प्रकाश पार्नु भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|