

नेपाली समाज ट्रोन्हेम, नर्वेले आगामी मार्च २९ का दिन यहाँ बृहत साँस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ ।
नर्वेमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने र ट्रोन्हेममा बसोबास गर्ने विदेशीहरुका बीचमा नेपाली कला र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारी यतिबेला धुमधामका साथ भइरहेको छ ।
तयारीकै सिलसिलामा हरिशंकर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय आयोजक समितिसमेत गठन गरिएको छ । साँस्कृतिक साँझका साथमा नेपाली खाना उत्सव तथा नेपाल प्रदर्शनी समेत आयोजना गरिएको छ ।
कार्यक्रममा सहभागिताका लागि डेनमार्कस्थित नेपाली राजदुत विजयकान्त कर्ण, गैरआवासीय नेपाली संघ, नर्वे तथा नेपाल पर्यटन बोर्डलाई निमन्त्रणा पठाइसकिएको छ ।
त्यसैगरी ट्रोन्हेम नगरपालिका तथा नर्वेजीयन युनिभर्सिटी अफ साइस एण्ड टेक्नोलोजीका का प्रतिनिधिहरुलाई समेत अतिथिको रुपमा आमत्रण गरिएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|