

दक्षिण कोरियाको छोङनाम नोनसानको सामयोड मेशिनरी कम्पनीमा कार्यरत ४० वर्षिय निलकण्ठ न्यौपाने आज मार्च १६ तारिख आइतबारका दिन करिब दिउँसोको ३ बजेतिर काम गरिरहेको अवस्थामा अचानक मेशिनले थिचेर मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बालुवामाथि राखिएको ३ टनको मेशिन राखिएको थियो । कंम्पनी सफा गर्ने क्रममा बालुवालाई बेल्चाले एक ठाउँदेखि अर्को ठाउँ सार्ने क्रममा सो बालुवामाथि राखिएको ३ टनको मेशिन ढलेर न्यौपानेलाई थिचेको थियो ।
सँगै काम गर्ने कोरियनले देखेर हत्तपत्त क्रेन ल्याएर मेशिनबाट सम्बन्धित व्यक्तिलाई निकालेर अस्पताल लाँदालाँदै मृत्यु भएको थियो । सो कंम्पनीमा पानी जहाज तथा ट्रेनको मेशिनहरुको उत्पादन गरिने गरिएको थियो ।
हाल मृतकको पार्थिव शरीर थेजनको कन्याड युनिभर्सिटिको अस्पतालमा रहेको सँगै काम गर्ने नेपालीले बताएका छन् । संगै काम गर्ने नेपालीले बताए अनुसार मृतकको नेपालमा घर बुटवल कोठिया हो र उनको ३ बाल बच्चा पनि छन् ।
दक्षिण कोरियामा आएको ३ बर्ष भई रि ईन्टी भिसा लगाएर नेपाल गएर आएको डेढ महिना नपुग्दै यस्तो दुखद घटनामा परेको बताइएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|