

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देशको अधिकांश क्षेत्रमा संविधानसभा निर्वाचन आफूले चुनाव चित्छु भन्ने नेकपा एमालेको अहंकारले बाम तालमेल हुन नसकेको आरोप लगाउनुभएको छ।
चुनावी कार्यक्रमका सिलसिलामा रोल्पाको सदरमुकाम लिवाङमा आइतबार पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
एमाले विदेशी शक्तिसामु झुकेको प्रचण्डको आरोप थियो । यद्यपि एमालेसँग तालमेलको सम्भावना झै रहेको उल्लेख गर्दै उहाँले आउँदो दश गते दुई दलका नेताहरुबीच छलफल भएपछि टुंगो लाग्ने बताउनुभयो ।
आफूहरु चुनावी तालमेलका लागि हदैसम्मको लचिलो हुन तयार रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै गणतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग तालमेल गर्न माओवादीले छलफल गरिरहेको जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्ड आजै रोल्पाको क्षेत्र नम्बर २ मा पर्ने माडीचौरमा पर्ने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
| पाठक प्रतिक्रिया | |
|
|