

राष्ट्रपतिको लागी भएको निर्वाचनमा मत गणना सकिएको छ । परिणाम कसैका पक्षमा बहुमत नदेखिएपछि पुनः मतदान हुने भएको छ । कांग्रेसका रामवरण यादवले २८३ मत प्राप्त गर्नु भएकोछ भने माओवादी तर्पका उमेदवार रामराजा प्रसाद सिंहले २७० मत प्राप्त गर्नु भएकोछ। यसैगरी उपराष्ट्रपतिमा भने मधेसी जनाधिकार फोरमका उम्मेदवार परमानन्द झाले ३०५ मत पाएर विजयी हुनु भएकोछ । आजको निर्वाचनमा ५७८ जना सभासद् मतदान गर्नु भएको थियो ।१६ जना सभासद्हरुको अनुपस्थिती रहेको थियो । राप्रपा नेपाल, मजदूर किसान पार्टी र जनमोर्चाले निर्वाचन बहिष्कार गरेको थियो भने नेपाली कांग्रेसकी सभासद आरजु देउवा बिदेश भ्रमणमा रहनु भएको हुंदा उपस्थिती हुनु भएन । राष्ट्रपतिका लागि आवश्यक मत प्राप्त गर्न नसकेपछि अब रामबरण यादव र रामराजा प्रसाद सिंहबीच फेरी चुनाव हुने भएको छ । संबिधानसभाको वैठकले आगामी सोमवार बिहान पुन निर्वाचन हुने निर्णय गरेकोछ ।