

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको मतदानमा नेपाल मजदुर किसान पार्टीले बहिष्कार गरेको छ । मतदानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै नेमकिपा सभासद लिला न्याइच्याइले राष्ट्रपति तथा उप राष्ट्रपतिको उमेदवारीका लागि ५र५ जना समर्थक तथा प्रस्तावक चाहिने नियम फेर्ने आफ्नो दलको माग नमानिएकाले मतदान बहिष्कार गरेको बताइन् । यसअघि, कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले पनि मतदान बहिष्कार गर्ने घोषणा गरेको थियो । राप्रपा नेपालको सभासद संख्या ४ छ ।