

राष्ट्रपति चयनका लागि संविधानसभा भवन नयाँ बानेश्वरमा दोस्रो चरणको मतदान भइरहेको छ। शनिबार भएको निर्वाचनमा राष्ट्रपति पदमा कुनै पनि उम्मेदवारले बहुमत हासिल गर्न नसकेपछि आज पुनः मतदान भएको हो । आजको मतदानमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका साझा उम्मेदवारका रुपमा रहेका रामवरण यादव र माओवादी, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावनाका उम्मेदवार रामराजाप्रसाद सिंहबीच प्रतिस्पर्धा भइरहेको छ। हालसम्म नेपाली कांग्रेसका उम्मेदवार यादवलाई नेपाली कांग्रेस, नेकपा एमाले, मधेशी जनअधिकार फोरमलगायतका ३०८ मत देखिएको छ भने रामराजाप्रसाद सिंहको पक्षमा माओवादी, तमलोपा, सद्भावनालगायत २६८ मत देखिएको छ। १८ मत अनिणिर्त रहेकोमा नेमकिपाले कांग्रेस उम्मेदवार यादवलाई मत दिने निर्णय गयिरसकेको छ। मत क्रस भएन भने नेपाली कांग्रेसका रामवरण यादव आज गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति निर्वाचित हुने सम्भावना प्रबल रहेको छ। तर, दलहरुबीच मत क्रस हुने गरेकाले यसै भन्न सकिने अवस्था नरहेको सभासदहरु स्वयम बताइरहेका छन् ।