

नेपालको ऐतिहासिक प्रथम राष्ट्रपति डा. रामबरण यादव र उपराष्ट्रपति परमानन्द झाले आज बिशेष समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । शितल निवासमा आयोजना गरिएको बिशेष कार्यक्रममा प्रधानन्याधिश केदारप्रसाद गिरीले डा. यादवलाई सपथ ग्रहण गराउनु भएको थियो । राष्ट्रपतिले आफुले सपथ ग्रहण गरे पश्चात डा. आफ्नो कार्यकक्षमा प्रबेश गरी पदभार समेत ग्रहण गर्नुभयो । सपथग्रहण संगै राष्ट्रपतिलाई राष्ट्रिय धुनको साथमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । सपथग्रहण समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला सहित मन्त्रीगण, बिभिन्न दलका नेताहरु, कुटनैतिक नियाेगका प्रमुखहरु लगायत संबैधानिक अंगका प्रमुखहरुको बिशेष उपस्थिती रहेको थियो । सपथग्रहण पश्चात राष्ट्रपति र उपराष्ट्रपतिलाई बिदेशी कुटनैतिक नियोगका प्रमुख लगायत मन्त्री तथा सभासद्हरुले पनि शुभकामना दिनु भएको थियो । नवनिर्वाचित राष्ट्रपति डा. यादवले सपथग्रहण गरे पश्चात उपराष्ट्रपति परमानन्द झलाइ पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । उपराष्ट्रपति झा धोती र कुर्थामा उपस्थिती भई हिन्दीमा सपथग्रहण गर्नु भएको थियो भने राष्ट्रपतिले नेपालीमै सपथ खुवाउनु भएको थियो । यसैगरी मुलककै राष्ट्रपतिको औपचारिक पदभार ग्रहण गरेको उपलक्षमा सरकारले भोली बिहिवार सम्पूर्ण सरकारी कार्यालय तथा मुलुकबाहिर रहेका कुटनैतिक नियोग तथा कार्यालयहरुमा समेत सार्वजनिक बिदा दिने घोषणा गरेकोछ ।