

प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले राष्ट्रपति समक्ष राजिनामा दिनुभएको छ । आज बिहान वसेको अन्तरिम मन्त्री परिषदको अन्तिम बैठकमा राष्ट्रपति समक्ष आज साँझ राजिनामा दिनेबारे कोइरालाले छलफल गर्नुभएको थियो । यस अघि ब्यवस्थापिका संबिधान सभामा राजिनामा दिने घोषणा गर्नुभएका प्रधानमन्त्री कोइरालाले संबैधानिक ब्यवस्था अनुसार आज राष्ट्रपतिको सपथ लिएपछि डा. रामवरण यादव समक्ष राजिनामा दिनुभएको हो ।