

२३ जुलाई, ०८ । भोलि हुने संविधानसभा अध्यक्षको निर्वाचनका लागि पूर्व सभामुख सुवास नेम्वाङको मात्र नाम दर्ता भएपछि नेम्वाङ निर्बिरोध निर्वाचित हुनुभएको छ । निर्वाचन प्रकृया बिहान एघार बजेदेखि सुरु भए पनि दिउँसो करिब तीन बजे एमालेद्वारा प्रस्तावित उम्मेदवार पूर्वसभामुख सुवास नेम्वाङको नाम दर्ता भएको थियो । पूर्व सभामुख नेम्वाङलाई कँग्रेस, फोरम लगायत संविधानसभामा रहेका चौध राजनीतिक दलले र्समर्थन गरेका थिए । निर्वाचन कार्यक्रमम अनुसार ५ बजे सम्मको लागि मात्र उम्मेदवारी दर्ताको समय तोकिएको थियो । ५ बजेसम्म पनि अरु कसैले उम्मेदवारी दर्ता नगराएपछि नेम्वाङ निर्बिरोध निर्बाचित हुनुभएको हो । उम्मेदवारी दर्तापछि पूर्व सभामुख नेम्वाङले आफु संविधानसभाको अध्यक्षमा निर्वाचित भए सिंगो मुलुकलाई एकबद्ध गरेर नयाँ संविधान निर्माण गर्ने प्रक्रियामा अगाडि बढ्नलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।