
संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको तोकाई क्षेत्रीय भेलाले शंकर पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तोकाई क्षेत्रीय समिति गठन गरेको छ । अगष्ट ३ तारिखका दिन नागोयामा मोर्चाका केन्द्रीय अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष मोहन खत्री सल्हाकार गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा होम बुदामगर, सचिवमा रमेश बुदामगर, कोषाध्यक्ष रुपा खत्री, सदस्यहरुमा क्रमशः यामबहादुर बस्नेत, जयन शेरचन, संजय श्रेष्ठ, मीन भण्डारी, उन्नती भुसाल, बिना शर्मा, राम खत्री, नरबहादुर थापा र विकाश श्रेष्ठ लाई चयन गरेको छ । जनजाति, महिला आदिवासीसहितको समावेसी प्रकारको उक्त समितिले यस क्षेत्रका सम्पूर्ण क्रान्तिकारी नेपालीहरुलाई उक्त क्षेत्रीय समितिमा गोलबन्द गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । नव निर्वाचित अध्यक्षसहित कार्यसमितिका सदस्यहरुले मन्तब्यको क्रममा नेपाली जनताले परिवर्तन चाहेको र जनताको चाहना पुरा गर्न विदेशमा रहेका नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । नेपाली जनताको चाहना र भावना बिरुद्ध देशमा आज प्रतिक्रियावादी, साम्राज्यवादी र यथास्थितिवादीहरु एक भएर माओवादीलाई सरकार बनाउन नदिने षड्यन्त्र भइरहेकाले त्यो षड्यन्त्रका बिरुद्ध जापानमा रहेका परिवर्तनकारी नेपालीहरु एकजुट हुने निर्वाचित पधाधिकारीहरुले बताए ।प्रमुख अतिथिको आशनबाट मोर्चाका केन्दीय अध्यक्ष कृष्ण केसीले मन्तब्य ब्यक्त गर्दै नेपालको दश बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट अनुमोदित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र भावी नयाँ नेपालको निर्माण र नेतृत्व गर्ने जिम्मेवारी नेकपा माओवादी काँधमा नेपाली जनताले निर्वाचन मार्फत सुम्पेका हुन । तर पुराना संसदवादी यथास्थितिवादी साजनैतिक दलहरुले फेरी पुरानै बहुदलकालको फोहोरी संसदीय खेल खेल्दै बिदेशीको ईशरामा माओवादीलाई सरकारमा जानबाट रोक्ने षड्यन्त्र गरिरहेका छन । यि सबै षड्यन्त्रकाविरुद्ध माओवादीले आफ्ना २५ सुत्रीय साझा न्युनतम कार्यक्रम अन्य २४ दल समक्ष पेस गरी सरकार बनाउने तयारी गरिरहेको छ । तर पनि माओवादीलाई सरकारमा जनाका लागि अत्यन्त ठुलो चुनौति र समस्याहरु तेर्साइएका छन भन्दै संबिधान सभामा बाम्पन्थीको बहुमत हुँदाहुँदै प्रतिक्रीयावादीले राष्ट्रपति जित्न सफल भए भन्नुभयो । उहाँले यो बामपन्थीको नाममा प्रतिक्रीयावादीलाई सहयोग पुर्Юयाउने र माओवादीविरुद्ध मोर्चा कस्ने एमाले लगाएत साना बामदलको पुर्वाग्रही सिद्धान्तहिन दृष्टिकोण र ब्यबाहारले गर्दा आज मुलुकले अत्यन्त जटिल राजनैतिक समस्या भोग्नु परेको बताउनु भयो । उहाँले जनमुखी गणतन्त्रको स्थापनाको लागी माओवादीको नेतृत्वमा बाम एकता सहितको सरकार बन्नु पर्नेमा पनि जोड दिनु भयो । कांग्रेस र एमालेले सरकारको नेतृत्व गरे भने मुलुक एक अग्रदिशामा हैन यथास्थितिमा रुमल्लिने निश्चित भएको बताउनु भयो ।
| पाठक प्रतिक्रिया | |
|
|