
राष्ट्रपति डा. रामबरण यादवले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई सहमति जुटाउन थप तीन दिनको म्याद दिनुभएको छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपति भवन शितलनिवासमा गई राष्ट्रपति यादवसँग सरकार गठनको लागि थप तीन दिन माग गर्नु भएको छ । सो आग्रह राष्ट्रपतिले स्वीकार्नु भएको छ ।
सरकार गठन गर्न राष्ट्रपति यादवले गर्नुभएको आह्रवानको म्याद सकिएपछि थप तीन दिनको म्यादको लागि अध्याक्ष प्रचण्डले राष्ट्रपति यादवसँग भेट गर्नुभएको हो ।
प्रमुख राजनीतिक दलहरुबीच सहमति जुट्न नसकेपछि थप गृहकार्यको लागि समय माग गरेको र तीन दिनभित्र सहमति हुने विश्वास पनि अध्यक्ष दाहालले व्यक्त गर्नुभयो ।
यस अघि आजै बसेको माओबादी, कांग्रेस एमाले र फोरमबीचको बैठकले राष्ट्रपति यादवसँग सरकार गठनको लागि थप तीन दिन माग गर्ने निर्णय गरेको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|