
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वाइसिएलको अर्ध-फौजी संरचना भंग गर्न निर्देशन दिनु भएको छ । माओबादी अध्यक्ष प्रचण्डले आज एक बिज्ञप्ती जारी गर्दै वाइसिएलको अर्ध-फौजी कार्यशैली तथा क्रियाकलाप नियन्त्रण गर्ने र द्वन्दको समयमा कब्जा गरिएका जग्गा फिर्ता गर्ने सहमित कार्यन्वयन गर्न पार्टी पक्तिलाइ निर्देशन दिनुभएको हो ।
माओवादीले विगतका सहमति कार्यान्वयन नगरेको भन्ने अन्य दलहरुको आरोप लागिरहेका बेला सरकार गठनका लागि तम्तयार माओवादी अध्यक्ष प्रचण्डले विगतका सहमतिहरु मध्ये मुख्य गरी सात बुँदे सहमति कार्यान्वयनका लागि अझ प्रभावकारी पहल गर्न राज्यसँग जोडदार माग गर्नु भएको छ ।
बिज्ञप्तीमा वाइसिएलको अर्ध फौजी कार्यशैली र क्रियाकलाप नियन्त्रण गर्ने, द्वन्दका समयमा नियन्त्रणमा लिइएका नीजि तथा सरकारी घर जग्गा फिर्ता गर्ने सम्बन्धी सहमति कार्यान्वयन गर्न सिङ्गो पार्टीं पंक्ति, वाइसिएल, जनवर्गिय संगठन, मोर्चा र विभाग सबैलाई निर्देशन गर्नुका साथै सहयोगको लागि आम जनसमुदायसँग अपिल गर्दछ भनिएको छ । साथै विज्ञप्तीमा राज्यसँग भएका सहमति अक्षरस पालना गर्न पनि माओवादी अध्यक्षले अनुरोध गर्नुभएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|