
नेपाली कांग्रेसका सभापति एवं काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नेकपा एमालेका पूर्व महासचिब माधबकुमार नेपालसंग भेटवार्ता गर्नुभएको छ । भेटपछि संचारकर्मीहरुसंग कुरा गर्दै एमालेका पूर्व महासचिव नेपालले एमालेले साथ छाड्छकि भन्ने माओबादी र कांग्रेसले शंका पालेको बताउनुभयो । नेपालले माओबादीलाई सरकार संचालनको जिम्मा दिनुपर्ने र माओबादीलाइ बाहिर राखेर मुलुक चलाउंदा गारो पर्ने आफुले प्रधानमन्त्रीलाइ जानकारी गराएको बताउनु भयो । कोइरालाले के प्रस्ताव राख्नुभयो भन्ने प्रष्ट नपार्नुभएका नेपालले माओबादीलाई अलग्याएर समस्या समाधान गर्न नसकिने भएकोले माओबादी सहितको राष्ट्रिय सरकारमा आफुले जोड दिएको बताउनुभयो । भेट एमालेका पुर्ब सांसद कृष्णलाल महर्जनको ललितपुरको बालकुमारीस्थित निवासमा भएको थियो । यसैगरी कोइरालाले साना दलका नेताहरुसंगको भेटलाइ पनि तिब्र बनाउनु भएको छ । आजै कोइरालाले राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष र्सूयबहादुर थापासँग भेटवार्ता गर्नु भएको छ भने बिहान राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलगाएतका अन्य दलका नेताहरुसंग पनि भेट्नु भएको छ । पछिल्लो समयमा नयाँ सरकार गठनको विषयलाई लिएर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्य साना दलका नेताहरुसँगको परामर्शलाई तीब्रता दिनुभएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|