
बिगत चार दिन अघिदेखि अखिल नेपाल सुकुम्बासी संघद्धारा आब्हान गरिएको आमहड्ताल बिहिवार अपरान्हदेखि फिर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा बिहिवार बिहानैदेखि जारी छलफलमा बिभिन्न ७ बुंदे सहमति पछि बन्द फिर्ता भएको हो । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै अखिल नेपाल सुकुम्बासी संघले बन्दको आब्हान गरेको थियो ।
गत शनिबार नेपाली कांग्रेसका क्षेत्र न ६का क्षेत्रीय सभापति शियाराम राजबंशिलाई कुटपिट गरेको भन्दै प्रहरीले ५ जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा गौरादह ३ का गोपाल मिजार, साबित्री मिजार, निक्ने धिमाल, कलुवा ताजपुरीया र लालबहादुर चौधरीलाई बिहिवार बेलुका रिहा गर्ने सहमतिपछि बन्द फिर्ता भएको संगटनका जिल्ला अध्यक्ष कबिराजले बताउनु भयो ।
बन्द खुले पछी झापको जनजीवन सामान्य तर्फ उन्मुख भएको छ । यस अघि बुधवार भएको बैठक बिना निस्कर्ष टुंगिएको थियो । माओवादी सभाषद बिश्वदिप लिङदेनको पहलपछि बिहिवार अपरान्हबाट बन्द खुलेको हो ।
| पाठक प्रतिक्रिया | |
|
|