
संविधानसभा अध्यक्ष सुभावचन्द्र नेम्वाङले राष्ट्रिय सहमतिको सरकारको बिकल्प नभएको बताउनु भएको छ ।
शुक्रबार सुनसरीमा सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताउनु भएको हो । साथै उहाँले राजनीतिक दलबीच पुनः उच्चस्तरीय समझदारी गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेसम्मको दलहरुबीचकै समझदारीले यो अबस्था सम्म ल्याइ आइपुगेकाले दलहरुबीच एकता भएमा भने जस्तो नेपालको निर्माण हुनेमा जिकिर गर्नुभयो ।
संविधानसभा अध्यक्ष भएपछि पहिलो पटक पूर्व आउनुभएको अध्यक्ष नेम्वाङले सशस्त्र प्रहरी बल पूर्वी क्षेत्रीय मुख्यालय पकली सुनसरीमा पुगी पूर्वी नेपालको शान्ति सुरक्षाको अबस्था बारे जानकारी समेत लिनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|