
नेपाल अडिटर्स एशोसिएशनको प्रथम राष्ट्रिय परिषद बैठक आजबाट नारायणगढमा शुरु भएको छ । परिषदको उदघाटन कार्यक्रममा बोल्दै अर्थसचिव रामेश्वरप्रसाद खनालले देशको अर्थतन्त्र बलियो बनाउन लेखापरिक्षकहरुले पारदर्शी ढंगबाट लेखापरिक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै अर्थसचिव खनालले राष्ट्रको वित्तिय अवस्था मजवुत वनाउन लेखापरिक्षकहरुको महत्वपूर्ण दायित्व हुने बताउँदै सोतर्फ लेखापरिक्षक गम्भिर हुनुपर्ने बताउनुभयो । भोलिसम्म सञ्चालन हुने परिषदमा ५० जिल्लाबाट १ सय ५० जना प्रतिनिधिहरुको उपस्थिति रहेको छ । उदघाटनमा नेपाल चार्टर एकाउण्टेन संस्थाका केन्द्रीय अध्यक्ष टंकप्रसाद पनेरु, पेशागत महासंघका उपाध्यक्ष बालकृष्ण गिरी, तुलबहादुर श्रेष्ठ, टंक पाण्डे लगायतले बोल्नुभएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|