
चीनको राजधानी बेइजिङमा बेइजिङ २००८ ओलम्पिकको औपचारिक समुद्घघाटन समारोह सम्पन्न भएको छ। हिजो २००८ साल, ८ महिना, ८ तारिख, ८ बजेर ८ मिनेट जाँदा बेइजिङ २००८ ओलम्पिकको औपचारिक उद्घघाटन भएको थियो। राजधानीस्थित निर्माण गरीएको बर्ड नेस्ट स्टेडियममा भएको उद्घघाटन समारोहमा १० हजार प्रदर्शकहरुले चीन र विभिन्न देशका कला, संस्कृति र खेलकुद सम्बन्धी झाँकीहरु प्रस्तुत गरेका थिए भने ९० हजार भन्दा धेरै दर्शकहरु जम्मा भएका अनुमान छ साथै सो समारोहलाई ४ अरब टिभी दर्शकले प्रत्यक्ष हेर्दै गरेको अनुमान गरिएको छ। उक्त समारोहमा विभिन्न देशका ८० जना नेताहरु ओलम्पिक खेल हेर्न चीन पुगेका छन् ।
| पाठक प्रतिक्रिया | |
|
|