
झापाबाट कतारमा आई काम गर्ने झापालीहरुको साझा संस्थाको रुपमा स्थापित प्रवासी झापाली सम्पर्क मञ्चको चौथो साधारण सभाले चुडामणि कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
सनैयास्थित न्यू माउन्टेन रेष्टुरेण्टमा खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रम मैनबत्ती बाली सहिदप्रति मौन धारण तथा सामूहिक रुपमा राष्ट्रिय गान वाचन गरी शुरुवात गरिएको कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष ज्ञानेन्द्र सुब्बाले गर्नु भएको थियो भने प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव सागर नेपाल तथा विशेष अतिथिमा संघकै कतार प्रतिनिधि टि।वी। कार्की र राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कमलमणि गुरागाई रहनु भएको थियो ।
साथै धनकुटा सेवा समाज, पाथीभारा सेवा समाज, मोरङ्ग सुनसरी सेवा समाज, भोजपुर सेवा समाज, ओखलढुंगे सेवा समाज, नबोदित साहित्य वाचनालय र नेपाल पत्रकार महासंघ शाखा कतारका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले आउँदा दिनहरुमा अझ सक्रिय रुपमा अगाडि बढ्दै उदाहरणीय काम गरी एउटा छुट्टै पहिचान सहित अगाडि बढोस् भन्दै नव निर्वाचित कार्य समितिलाई सफलताको शुभकामना दिनु भएको थियो ।
खुल्ला सत्रको समापन क्रममा कार्यक्रमको सभापतिको आसनबाट निवर्तमान अध्यक्ष ज्ञानेन्द्र सुब्बाले यो प्रवासी झापाली मञ्च कुनै वाद विशेषको नभई सम्पूर्ण प्रवासी झापाली दाजुभाइ तथा दिदी बहिनीको साझा संस्था भएकाले यसको उन्नती र प्रगतिका निम्ती सबै झापाली एकजुट भएर लाग्नुपर्ने र यहाँसम्म आइपुगेको संस्थालाई अब बन्ने नयाँ नेतृत्वले अझ कुशल ढंगबाट अगा बिढाउने कुरामा आफू विश्वस्त रहेको बताउँदै हामीलाई संस्थाले होइन हामी व्यक्ति आफैले संस्थालाई खोज्दै जानुपर्छ र मात्र संस्था र हामी बलियो हुन्छौं भन्ने विचार राख्नु भएको थियो ।
सो कायक्रमको दोस्रो बन्द सत्र मार्फत नयाँ कार्य समिति चयनमा कोषाध्यक्ष र सदस्य पदहरुमा बाहेक अन्य प्रमुख पदहरुमा निर्विरोध भएको थियो भने पछि सहमतिको आधारमा कोषाध्यक्ष र सदस्यहरु पनि बिना निर्वाचन चयन गरिएको उक्त नयाँ कार्य समितिमा अध्यक्ष चुडामणि कार्की, उपाध्यक्षमा वीरबहादुर दर्नाल, सचिवमा फुलकुमार धमला, सह-सचिवमा नेत्र प्रसाई, कोषाध्यक्षमा खगेन्द्र चापागाई, र सदस्यहरुमा सन्तोष पराजुली, अर्जुन दर्नाल, विशाल खड्का, चन्द्रकान्त ढकाल, अमर विष्ट, प्रेम रुचाल, हरि बहादुर कार्की, ध्रुव कुमार हलवाई, द्रोण क्षेत्री कार्की र लक्ष्मी प्रसाद उपे्रती हुनुहुन्छ भने निर्वाचन मण्डलीमा श्रीराम श्रेष्ठ, शंकर कार्की र रत्न कुमार वि।क। हुनुहुन्थ्यो ।
भवानी कोइरालाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनेश लुइटेलले मञ्चको सांगठनिक प्रतिवेदन, सरोज भण्डारीले, आर्थिक प्रतिवेदन चुडामणि कार्कीले गर्नु भएको थियो र कार्यक्रममा कृष्ण भण्डारीले स्वागत गीतले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|