
नेकपा एमालेका महासचिव झलनाथ खनालले माओवादीलाई एक्ल्याएर सहमति हुन नसक्ने बताउनुभएको छ । राज्यको पुनर्संरचना सम्बन्धी एमालेले ललितपुरमा आज गरेको अन्तर्क्रियामा महासचिव खनालले यस्तो बताउनुभएको हो । माओवादीलाई बाहिरै राखेर प्रजातान्त्रिक शक्तिको निर्माण गर्न सम्भव नभएको दाबी पनि उहाँले गर्नुभयो । महासचिव खनालले राष्ट्रिय सहमतिको लागि एमालेले पार्टी भन्दा माथि उठेर पहल गर्ने पनि बताउनुभयो । उहांले माओवादी र काग्रेस आ-आफ्नै अडानमा रहेको भन्दै सहमतिका लागि कसैले पनि अनावश्यक अडान लिनु उचित नहुने धारणा राख्नुभयो । पार्टीको हितमा लागेर राष्ट्रको हितलाई विर्सन नहुने उहांको भनाई छ ।
| पाठक प्रतिक्रिया | |
|
|