
प्रधानमन्त्री पुष्पकमल दाहाल \'प्रचण्ड\' संग आज उहांको कार्यकक्ष सिंहदरबारमा नर्वेका वातावरण तथा विकास सहयोगमन्त्री एरिक सोलेहमले भेट गर्नुभएको छ ।
भेटका अवसरमा उहांहरुबीच द्विपक्षीय तथा आपसी चासोका विषयमा कुराकानी भएको बताइएको छ ।
यसैबीच संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसंग पनि नर्वेका वातावरण तथा विकास सहयोग मन्त्री एरिक सोलेहमसहितको प्रतिनिधिमण्डलले आज अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेटघाट गरेको छ ।
भेटका अवसरमा उहांहरुबीच संविधानसभाको बैठक, समितिहरु, अब बन्ने नयां संविधान, सङ्घीयतालगायत नेपाललाई गरिने सहयोग र अन्य समसामयिक विषयमा छलफल भएको थियो ।
उक्त अवसरमा व्यवस्थापिका-संसद सचिवालयका कार्यवाहक महासचिवको पनि उपस्थिति रहेको थियो ।
सोलेहमले आजै नेकपा एमालेका महासचिब झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादबसंग पनि भेट गर्नुभएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|