

सन् १९९७ अघि अवकास पाएका गोर्खा सैनिकहरूलाई ब्रिटेनमा बसोबासको अनुमति नभएको भन्दै गोर्खा सैनिकहरूको एउटा समूहले ब्रिटेनमा स्थायी बसोबास गर्न पाउने अधिकारका लागि दायर गरेका परिक्षण मुद्दामा विजय हासिल गरेका छन् ।
पांचजना भूतपूर्व गोर्खा सैनिक र एकजना सैनिककी विधवाले आफूहरूको मुद्दा लण्डनस्थित उच्च अदालतमा लगेको थिए। तिनीहरूले सन् १९९७ अघि ब्रिटिश सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरूलाई स्वत: ब्रिटेनमा बसोबास गर्न पाउने अधिकार नहुने भन्ने आप्रवास सम्बन्धि नियमहरूलाई चुनौती दिएका थिए। मंगलबार लण्डनमा भएको फैसलाले झण्डै १० हजार भूतपूर्व ब्रिटिश गोर्खा तथा तिनका परिवार प्रभावित हुनसक्ने बताईएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|