

गणतन्त्र घोषणापछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका पूर्वराजा ज्ञानेन्द्र शाहले दसैंको अवसरमा शुभकामना दिनुभएको छ । भारतवाट नेपाल भ्रमणमा आउनु भएका जगतगुरु कृपालु महाराजलाई भेट्न आज भक्तपुरस्थित श्यामश्यामाधाममा पुग्नु भएका पूर्वराजाले संचारकर्मीको जिज्ञासामा सुभकामना दिनुभएको हो ।
आफै सवारी हाँकेर भक्तपुर जानुभएका ज्ञानेन्द्रले त्यहाँ रहेको मन्दिरमा पुजा आजा गर्नुका साथै कृपालुजी महाराज र केही भक्तजनसंग सामान्य कुराकानी गर्नुभएको थियो ।
पहिलेको र अहिलेको जीवनमा के अन्तर छ भनि संचारकर्मीले प्रश्न सोधेपनि उहाँले कुनै प्रतिक्रिया दिनुभएन् । संचारकर्मीका दर्जनौ प्रश्नलाइ पुरानै शैलीको मुस्कान र हातजोडाइबाट टार्न खोज्नुभएका ज्ञानेन्द्रले ड्राइभिङ सिटमा वस्नै लाग्दा एउटामात्र प्रश्नको जवाफ दिनुभयो ।
दशैमा नेपाली जनतालाइ शुभकामना त दिनुहुन्छ होलानी भन्ने प्रश्नमा ज्ञानेन्द्रले सवै नेपालीलाइ दशैको सुभकामना दिन्छु भन्दै गाडी हाँक्नुभयो ।
सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी साथ लिएर जानुभएका शाहलाइ उपस्थीत सर्वसाधारण \'सरकार\' भन्दै राजाकै हैसियतमा प्रणाम गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|