

अर्थमन्त्री डा. बावुराम भट्टर्राईले जनमुक्ति सेनालाई राष्ट्रिय समायोजन गर्ने सम्बन्धमा विशेष समिति गठन गरी प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । पोखरा विमानस्थलमा विहीबार विहान सञ्चारकर्मीसित छोटो कुराकानी गर्दै उहाँले राष्ट्रिय सहमतिकै आधारमा विशेष समिति गठन गरी प्रक्रिया थालिहाल्ने जानकारी दिनुभयो । माओवादीका सबै केन्द्रीय सदस्यहरुको सुरक्षार्थ हतियार सहित प्रवेश गरेका जनमुक्ति सेनाको विषयमा डा भट्टर्राईले राष्ट्रिय सहमति अनुरुप नै लगिएको जानकारी दिनुभयो । उहाँले यसअघि पनि हतियार लिएर आउने गर्दा कुनै विरोध नभएको तर अहिले माओवादी विरुद्ध के निहुँ पाउँ कनिका बोकाउँ गरेको बताउनुभयो ।
बन्द उद्योग सञ्चालनको लागि सरकारले लगानी गर्ने बताउँदै डा भट्टर्राईले सरकारले लगानी गरी सञ्चालन गरेका उद्योग मजदुरलाई शेयर हन्तान्तरण गरिने जानकारी दिनुभयो । बजेटको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उहाँले बजेटमा सुधार होइन छुटेका कुराहरुलाई समेट्न खोजिएको जिकिर गर्नुभयो । पर्यटन मन्त्री हिसिला यमीसित सँगै आउनुभएका भट्टर्राईले पोखराको अन्तराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउने बताउनुभयो । सरकारले विमानस्थल बनाउन कानूनी पुर्वाधार मात्रै बनाउने हो । उहाँले भन्नुभयो-र्सार्वजनिक र नीजि साझेदारीमा निर्माण गर्ने योजना छ । उहाँले विमानस्थल निर्माण गर्न सरकार एक्लैले नसक्ने हुदाँ नीजि कम्पनीहरुलाई आग्रह गरिने जानकारी दिनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|