

प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट पराजित तत्व पूर्ण रुपमा ध्वस्त नभएको कारण केही व्यक्तिहरुले साम्प्रादायिक सदभावमा खलब ल्याउने खतरा बढेको बताउनु भएको छ ।
शुक्रबार अन्तराष्ट्रिय श्रम संगठन महासन्धीको धारा १६९ मा नेपाल सरकारले हस्ताक्षर गरेको एक वर्ष पुगेको अवशरमा नेपाल जनजाति महासंघले आयोजना गरेको एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
उहाँले संविधानसभाको निर्वाचनबाट पराजित केही तत्व अहिले पनि बाँकी छ त्यसले मुलुकमा साम्प्रादायिक सदभावमा खलब ल्याउने कोशिस गरिरहेको औंल्याउनु भयो ।
प्रधानमन्त्री दाहालले माओवादी नेतृत्वको अहिलेको सरकार विगतका घोषणा र कार्यक्रम लागू गर्ने कठिन परिक्षामा रहेको बताउनु भयो । आदिवाशी जनजातिको हक सुनिश्चित नभए मुलुकमा खतरा आउनसक्ने पनि प्रधानमन्त्रीको धारणा थियो ।
| पाठक प्रतिक्रिया | |
|
|