

बैतडीका एक दम्पतीले एकै डोरीमा झुन्डिएर बुधबार राति आत्महत्या गरेका छन् । बैतडी श्रीकेदार- ८ की जानकी देवी भट्ट र उनका श्रीमान् भानदेव भट्टले एकै डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
२१ वर्षिया जानकी घरनजिकैको रूखमा झुन्डिएपछि उनका श्रीमान् भानदेवले उक्त डोरी काटेका थिए ।
तर डोरी काटेलगत्तै जानकीको मृत्यु भएपछि सोही डोरीमा झुन्डिएर २२ बर्षीया भानदेवले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छ महिने शिशुका आमाबाबुले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
परिवारले दुवैजना मृत अवस्थामा फेला परेको जनाए पनि घटनाको थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|