

राष्ट्रपति डा. रामवरण यादवबाट आगामी विजयादशमीका दिन टीका थाप्न इच्छुक महानुभावहरूलाई उहाँले राष्ट्रपति निवास धापासीमा टीका लगाइदिनुहुने भएको छ ।
राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रपतिका हातबाट टीका थाप्न इच्छुक महानुभावहरूलाई मात्र टीका लगाइदिने कार्यक्रम तय भएको छ । टीका लगाइदिनेसम्बन्धी कुनै औपचारिक कार्यक्रम तय भएको छैन, तर अनौपचारिक कार्यक्रमअन्तर्गत सो कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|