

अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीहरुको संस्था नेपाल एसोसिएसन् अफ नर्दन क्यालिफोर्निया र सन्नी सगरमाथा समाजको संयुक्त आयोजनामा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई समेटेर एक भव्य दसैं तिहार साँझ २००८ को आयोजना यहि आउदो अक्टोबर १७ को साँझ फ्रीमन्टको गोल्डन पिकक रेस्टुराँमा हुने जानकारी कार्यक्रम संयोजक नारायण बनले जानकारी गराएका छन् ।
उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार सन्जिप प्रधान जसलाई देउरालीको चौतारीमा बोलको गीतले निकै लोकप्रीयता दिएको थियो । उनको साथमा सरिस्मा अमात्य जसको म तिमीलाई माया गर्छु जस्ता गीतले लोकप्रीयता दिइसकेको छ । गायिका अमात्यको पहिलो गीत खोई को होला मेरो जीवन साथी... बोलबाट सुरु गरेकी थिइन् । उनको एल्वम् सरिस्मा, माधुरीमा, बेस्ट अफ सरिस्मा जस्ता निस्किसकेको छ भने अर्का कलाकार ओकेली व्याण्डका अनिस सापकोटा जसको मेरी ओकेली बोलको गीत निकै लोकप्रीय रहेको छ ।
दसैं कार्यक्रमको अर्को रौनकता प्रदान गर्न आउँदैछन् हाँस्य कलाकार तथा प्यारोडी गायक रतन सुवेदी जसको आलु बोडी तरकारी तामालाई एउटा बुहारी चाहियो मेरी आमालाई भन्ने रहेको छ । उनको उपस्थितिले अवश्य पनि यहाँका नेपाली समुदायलाई भरपुर मनोरन्जन दिने आशा व्यक्त गर्दै कार्यक्रम संयोजक मध्येका हरिहर दाहालले सबैलाई अग्रीम टिकट लिन अनुरोध गरेका छन् । कारण लगभग पाच सय जना अटाउने उक्त हलमा त्यस भन्दा धेर्र दर्शक राख्न नमिल्ने भएकाले टिकट धमाधम विक्री भइरहेको र चाँडै टिकट विक्री बन्द हुने हुनाले अग्रीम टिकट लिएर यस मनोरन्जनात्मक दसैं साँझमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
यस कार्यक्रमको अर्को आकर्षण भनेको लोक दोहोरी गायक पवन ओली हुन । उनको बुटवल बसपार्कमा भन्ने गीतले निकै ख्याति आर्जन गर्न सहयोग पुर्याएको छ । उक्त कार्यक्रमको टिकट मुल्य अग्रीम लिएमा २० र कार्यक्रम स्थलमा लिएमा २५ डलर राखिएको छ । तर एन ए एन सीका सदस्यहरुलाई भने पचास प्रतिशत छुट दिइएको छ साथै दश बर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश शुल्क लाग्ने छैन र कार्यक्रम साँझको पाच बजेदेखि आरम्भ भएर मध्यरात सम्म चल्ने छ ।
अन्त्यमा डिजे डाँन्सको समेत व्यवस्था भएकाले सबैले दसैंको अवसरमा भरपुर मनोरन्जन लिन पाउने छन् । साथै रेस्टुराँको तर्फबाट अलग्गै खाना र पेय पदार्थको व्यवस्था समेत गरिने भएको छ तर त्यसको निम्ति अलग आफैले खरिद गरेर खानुपर्नेछ ।
| पाठक प्रतिक्रिया | |
|
|