

नेपालमा सबैभन्दा लोपोन्मुख जाति मानिएको कुसुण्डा दम्पती अब आफ्नै घर बनाएर बस्ने भएका छन् । राजामामा कुसुन्डा र इन्द्रमाया कुसुन्डालाई घर बनाउने ब्यास नगरपालिका-५ डिही गाउँमा दुई लाख रुपैयाँमा जग्गा किनिएको छ।
आदिवासी जनजाति प्रतिष्ठान र जनजाति महासंघले एक लाख २५ हजार र कुसुन्डा राजामाजाको नेपाल बैंक लिमिटेडमा रहेको ७५ हजार रुपैयाँ निकालेर घर किनिएको हो ।
नेपालमा लोपोन्मुख मानिएको कुसुन्डा जातिमा आफ्नो भाषासमेत जानेका कुसुन्डा राजामामा मात्र हुन् ।
| पाठक प्रतिक्रिया | |
|
|