

अस्ट्रियाभरि छरिएर बसेका नेपालीहरुले राजधानी भियानको हॉउस डर बेगेग्नुन्गमन एकत्रित भई यही अक्टोबर ४, शनिबार नेपालीहरुको महान चाड बड़ादसैं हर्षोल्लासका साथ मनाइएका छन् ।
अस्ट्रियामा रहेका नेपालीहरुको हकहित सुरक्षित र नेपाली संस्कृति जगेर्ना गर्ने उद्देश्य लिएर खुलेका संघ संस्थाहरु मध्ये नेपाली सामाजिक तथा साँस्कृतिक संस्था नेसासको संयोजकत्वमा एनआरएन, अन्ना र सागरमाथाले संयुक्त रुपमा आयोजना गरेको बड़ा दशैं कार्यक्रम नेसासका कोषाध्यक्ष हरि लामाले उपस्थित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी तथा विदेशी पाहुनाहरुलाई स्वागत गरेर सुरु भएको कार्यक्रममा सोही संस्थाका अध्यक्ष दिपक मल्लले समापन गर्नुभएको थियो ।
पूर्वी तथा पश्चिम नेपालमा गएको बाढीमा परी ब्यापक जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकत गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
दशैं मनाउन लिंज सल्ज्बुर्ग, ग्राज, टिरोल आदि स्थानबाट नेपाली तथा विदेशी पाहुनाहरुको ओइरो लागेको थियो । करिब ४ घण्टा लामो कार्यक्रममा नेपाली संस्कृति झल्कने नाचगानका साथै अरु विभिन्न रमाइला कार्यक्रम संचालन गरिएको थियो । नेसासका विश्व महर्जनलगायतका साथीहरुले बनाउनु भएको विशिष्ट नेपाली परिकार धेरै मीठो भएको विदेशीहरुले प्रतिक्रिया दिएका थिए । उनीहरुले नेपाली परिकारको खुलेर प्रशंसा गरेका थिए ।
चार सय जनाभन्दा बढी सहभागी रहेको उक्त कार्यक्रमा एक अर्कालाई शुभकामना आदानप्रदान गरी रातो टीका लगाई नेपालीहरुबीच सधैं आत्मीय सम्बन्ध रहीरहोस्, सम्पूर्ण नेपाली जनताहरुको पनि उत्तरोत्तर प्रगति तथा मुलुकमा दिगो शान्ति र विकासले तीब्र गति लेओस् भनी माता दुर्गा भवानीसँग प्रार्थना गरिएको थियो । त्यसैगरी नेपाली सामाजिक तथा साँस्कृतिक संस्थाको अगुवाईमा नेपालमा बाढी पीडितहरुको सहयोगका लागि संकलन गरिएको सहायता रकम पनि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जानकारी अध्यक्ष दिपक मल्लले जानकारी गराउनुभयो ।
| पाठक प्रतिक्रिया | |
|
|