

पूर्वी नेपालको सिराहा जिल्लामा डा. उपेन्द्र महतोले आफ्नी आमाको नाममा करोडौंको व्यक्तिगत लगानीमा एउटा अस्पताल निर्माण गरिने भएको छ भने एउटा विद्यालय भवन तयार भएको छ ।
उक्त अस्पताल र विद्यालय भवन निर्माणका लागि गैर आवासीय नेपाली संगठन, एनआरएनएका अध्यक्ष डा. महतोले झण्डै नौ करोड रूपैंया लगानी गरेका छन्।
डा. उपेन्द्र महतोले आफ्नी आमा फूलकुमारी महतोको नाउँमा सात करोडको लागतमा २५ शैय्याको अस्पताल निर्माण गर्न लागेका हुन्।
उनको पैतृक गाउँ करजनहामा आयोजित अस्पताल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गैर आवासीय नेपालीलाई देशको विकासमा लगानी गर्न आव्हान गरेका छन्। उनले नेपालमा शान्ति र सुरक्षा रहेकोले गैर आवासीय नेपालीहरुलाई विदेशमा सिकेको सीप र आर्जन गरेको सम्पत्ति नेपालको विकासमा लगाउन आग्रह गरे।
उक्त कार्यक्रममा बोल्दै, अस्पताल निर्माणको दाता उपेन्द्र महतोले नेपालीहरु आफ्नै पौरखले समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरे। उनले नेपालमा शान्तिसुरक्षाको भरपर्दो व्यवस्था र सरकार इमान्दार भए विकासको प्रचुर संभावना रहेको बताए।प्रधानमन्त्री प्रचण्डले उपेन्द्र महतोद्वारा नै करिब दुई करोडको लागतमा सिराहा जिल्लाको बन्दीपुरमा निर्माण गरिएको नेपाल राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयको पनि उदघाटन गरेका थिए ।
| पाठक प्रतिक्रिया | |
|
|