


खोटाङ जिल्ला बाम्राङ गाउ बिकास समितीबाट हङकङ आई बसोवास गर्ने बाम्राङ परिवार हङकङले यही अक्टोबर १२ का दिन मंकिहीलमा एक भेटघाट तथा बिबिक्युको आयोजना गर्यो । बाम्राङ्गे चेलीहरुको ज्वाईहरु भाना भान्जीहरु र गाउँभरिका बाम्राङ्गेहरु बिच चिनजान र भेटघाट दुखसुख साटासाट गर्ने थलोको रुपमा यसरी बर्षोनी भेटघाट गर्ने गरिएको छ । यसभेलामा पुरानो बाम्राङ परिवारलाई बिघटन गरेर नयाँ कार्यसमिती पनि गठन गरियो । वर्तमान अध्यक्ष किन्दर राई निकट भविस्यमा हङकङ छोडेर बेलायत जानु हुने भएकोले उहाँलाई ससम्मान बिदाइ गर्ने काम भयो भने खगेन्द्र राईका अध्यक्षतामा नयाँ कार्यसमिती पनि गठन भयो । निवर्तमान अध्यक्ष किन्दर राई लाई परिवारका जेष्ठ ब्यक्तीत्व राम राईले खादा ओढाएर सम्मान बिदाइ गर्नु भएको थियो । त्यसैगरि नेपालबाट भरखर हङकङ आगमन गरेका बाम्राङ्गेमा पिताम्वर राई, प्रमिना राई, बाम्राङ सामातुङ कुरुङ्ग बहादुर रईको कान्छी छोरी ज्वाई पाँचथरका हर्क हाङ लिम्ब र सामातुङ जाँचमान राईको छोरि नातीनी दिक्तेल स्वल्माकी रेणु राईकी खोटाङ ईन्द्रयणीपोखरी सालम्वुका श्रीमान रबिन राईलाई परिवारमा स्वागत तथा चिनजान गराउने काम भएको थियो ।
यस परिवारले केहि महिनादेखी बाम्राङ स्थीत श्री साबित्रा माद्यमिक बिद्यालयकोलागि चन्दा रकम संकलन गर्दै आएकोछ । बिद्यालय हातामा कम्प्युटर सहितको पुस्तकालय स्थापना र बिद्यालयको खेलकुद मैदान खरिद गरिदिने उद्धेश्यले हङकङमा रहेका आफ्नो गाबिस भित्रका सम्पुण सदस्यहरु, भानाभान्जीहरु ज्वाइचेलाहरु र अन्य इष्टमित्रहरुबाट उठाइएको रकम हालसम्म चालिसहजार हङकङ डलर पुगेकोछ । हाल सम्म गैर बाम्राङेहरुमा सबैभन्दा धेरै रकम प्रदान गर्नु हुने सप्तेश्वर छितापोखरीका बिमल राई लाई पनि सम्मान स्वरुप ह्रिदय राईको हातबाट खादा ओढ्याउने काम भयो ।
यसैक्रममा बाम्राङ्ग गाबिस वडा नं ९ चुप्ला निवासी ह्रिदय राईद्वारा बिद्यालयलाई पचासहजार रुपैया दिने घोषणा गर्नु भयो । उहाँको यस घोषना पछि हालसम्म उहाँ नै सबैभन्दा धेरै रकम प्रदान गर्नु हुनेदाता हुनु भएकोछ । बिद्यालयलाई निम्न माद्यमिकबाट माद्यमिक बिद्यालयमा बढोत्तरि गर्ने क्रममा बिद्यलयहाताका खेल मैदानहरु थप कक्षाकोठाकालागि प्रयोजन भइसकेको हुनाले बिद्यार्थिहरुलाई अति नै असुविधा भइ रहेकोछ । कम्प्युटर सहितको पुस्तकालय स्थापनाको लागि भनेर संकलन गर्न शुरुभएको रकम यथेष्ट भएमा खेल मैदान नै खरिद गर्ने र आवस्यक परेको खण्डमा युकेमा रहनु भएका बाम्राङ्गेहरुसँग पनि समन्वय गर्ने भन्ने सोचका साथ काम भइ रहेकोछ ।
बिगतका सहयोग र योगदानः
१. बिद्यालयलाई भवन निर्माणमा सहयोगः सन २००२ मा पनि यस परिवारले नेपाली रुपैया ५५ हजार संकलन गरि प्रस्तावीत श्री साबित्रा माद्यमिक बिद्यालय बाम्राङ्गलाई रकम उपलब्ध गराएका थियौं जसलाई चार कोठे भवन निर्माणमा प्रयोग गरिएको थियो ।
२. नितु प्रतिष्ठान नेपालको स्थापनाः सन २००५ मा वाम्राङ्ग गाबिस वडा नं। ३. को पत्थरमान राईको छोरि नितु राईको यही हङकङ स्थीत यानचाइ हस्पीटलमा अल्पआयु मै देहवशान हुँदा यस वाम्राङ परिवारले मृतक नितु राईको दाह सस्कारको लागि यथेष्ट रकम र उनको नाममा एउटा अक्षय कोषको स्थापनाकोलागि केही रकम संकलन गरेको थियो । तर दाहसस्कारकोलागि उनको श्रीमानको तर्फबाट नै रकम जुटाइ यस परिवारले संकलन गरेको सम्पुर्ण रकम यही अक्षयकोषमा नै लगानी गर्नु भनी फिर्ता भएको थियो ।
यसपछि नितु राईको नेपालमा रहनु भएका अन्य आफन्तहरुको समेत रकम सहयोगमा करिव अढाइलाखको लागतमा नितु प्रतिष्ठान नेपालको स्थापना भएको छ । सम्पुर्ण रकम बैंकमा जम्मा गरि अक्षयकोषमात्र स्थापना गरेर श्री साबित्रा माबी उत्कृष्ट बिद्यार्र्थीलाई रकम अनुदान दिने भन्ने हाम्रो लक्ष रहेको थियो । तर त्यहाँ रहनु भएका संचालक ज्युहरुले बैंकबाट प्राप्त हुने ब्याज सोचे भन्दा ज्यादै कम भएको हुनाले अक्षय कोष स्थापना नगरी रकमलाई चालु पुँजीमा रुपान्तरण गरि त्यसबाट आएको ब्याजलाई बिद्यालयका जेहेन्दार बिद्यार्थीहरुलाई बितरण गर्न नितु प्रतिष्ठान नाम गरेको सस्था स्थापना गरि संचालन गरि रहनु भएकोछ । यसले बाम्राङ गाबिसको शैक्षिक जगतमा ठुलो उत्साह जगाएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|