

नेकपा एमाले स्थायी समिति सदस्य एवम् प्रचार विभाग प्रमुख ईश्वर पोखरेलले माओवादी लडाकुको सेनामा समायोजन सम्बन्धी विस्तृत शान्तिसम्झौता बमोजिम मन्त्रिपरिषद्बाट बन्ने विशेष समितिको सिफारिसमा हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले योग्यता पुगेका र मापदण्ड पूरा गरेका माओवादी लडाकु सेनामा समायोजन हुनसक्ने बताउँदै माओवादीले भनेझैं सबै लडाकु सेनामा गाभ्ने र काङ्ग्रेसले भनेझैं समायोजन नै गर्न हुँदैन भन्ने कुरा ठीक नभएको विचार व्यक्त गर्नुभयो ।
नेकपा माओवादी र नेकपा एमालेका जनवर्गीय सङ्गठनहरूबीच स्थानीयस्तरमा हुने गरेका झडप राजनीतिकरुपमा छलफल गरी अन्त्य गरिनुपर्नेमा नेता पोखरेलले जोड दिनुभयो ।
सिद्धान्त, विचार र कार्यनीतिक सवालको भिन्नताले एमालेको माओवादीसंग एकता सम्भव छैन भन्दै उहाँले स्थानीयस्तरमा हुने झडपले पार्टी समिकरणलाई पनि असर पार्ने उल्लेख गर्नुभयो ।
प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष हरि बास्तोलाको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।
| पाठक प्रतिक्रिया | |
|
|