

तुलसीपुर कारागारमा रिले अनशन गरिरहेका १० जना वन्दि प्रहरीहरुले आज देखि आमरण अन्सन शुरु गरेका छन ।
प्रहरी संगठन भित्र विद्राह गरेको आरोपमा मुद्धा खेपिरहेका ति प्रहरीहरुले मुद्ध फिर्ता लिएर आफुहरुलाई स सम्मान सेवामा पुनर्वहाली गरिनु पर्ने,प्रहरी एन २०१२ खारेजी गरीनु पर्ने, प्रहरीहरुको आत्म सम्मानको रक्षा गरी कसैलाई पनि अमर्यदित बनाउन नहुने लगाएतका माग राखेर उनिहरुले आन्दोलन गरीरहेका छन ।
तुलसीपुर कारागारमा ३ नावालीका सहित १ सय १ जनाले वन्दि जीवन विताइ रहेका छन । २७ वन्दि प्रहरी मध्य १० जना विहान ६ वजे देखि आमरण अन्सनमा वसेको कारागार शाखाका असई पदम भुषालले जानकारी दिनु भएको छ ।
| पाठक प्रतिक्रिया | |
|
|