

तिमीलाई जस्तै मलाई पनि गाह्रो-साह्रो परेकै छ
तिम्रै लागि यो मनभित्र नयाँ फूल फुलेकै छ
अस्ताएको घाम हैन चन्द्रमालाई सोधी हेर
तिम्रै लागि यो मनभित्र ढुक्ढुकी त चलेकै छ
पिरतीको मिठो बन्धन मुटुभित्र साँचेकै छ
ओठभरी लाली छर्ने भाका मैले राखेकैछ
पछुताएर गएपनि लाख जन्म भन्दिन म
एक जुनी तिम्रै लागि यो ज्यान मैले साँचेकै छ
नौ डाँडाको पारी बसी कल्पनामा डुब्दिन म
तिम्रै लागि ज्यान दिएको अरु कुरा बुझ्दिन म ।